२०८२ असार २८ गते
काठमाडौं । नेपालको अग्रणी बैंकको छवि बनाएको नबिल बैंक ४१ औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
४१औ बार्षिकोत्सवको अवसरमा बैंकले नबिल ‘स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । महिलाहरूलाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि उक्त योजना ल्याइएको बैंकले जनाएको छ । यस योजनाअनुसार महिला आवेदकले घर खरिद गर्न सक्नेछन् ।
यो योजना अन्र्तगत महिलालाई न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ भने प.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा पाइनेछ । ऋणीले कर्जाको किस्ता रकम छान्न सक्नेछन् भने कुनै पूर्वभुक्तानी शुल्क नलाग्ने बैंकको भनाइ छ ।
यस योजनाअन्तर्गत ग्राहकले जीवनभर निःशुल्क क्रेडिट कार्ड लिइ दुई लाख रुपैयाँसम्मको सुविधा लिन पाउने छन् । नबिल बैंकले यस योजनालाई देशभरिका आफ्ना सम्पूर्ण शाखामार्फत कार्यान्वयन गर्ने जनाएको छ ।
प्रतिक्रिया