नबिल बैंकले १० प्रतिशत नगद लाभांश दिने

२०८१ कात्तिक १४ गते

नबिल बैंकले १० प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । नबिल बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाको अनुमोदनपछि वितरण गरिने बताइएको छ। अघिल्लो आर्थिक वर्ष २०७९–८० मा बैंकले ११ प्रतिशत नगद लाभांश दिएको थियो।

Advertisement:

Ad
Ad