२०८२ मंसिर १५ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सिमा बढाएको छ । केन्द्रिय बैंकले ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्याएको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिने केन्द्रिय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत भनेको छ ।
ग्राहकले बैंकमा जम्मा गरेको रकमभन्दा बढी पैसा झिक्न पाउने सुविधा प्रदान गर्दछ भने त्यस्ता सुविधालाई ओभरड्राफ्ट (ओडी) भनिन्छ
यस्तै लघुवित्तबाट धितोमा प्रवाह हुने सिमा पनि बढेको छ । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया