२०८१ मंसिर ०९ गते
काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.००८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ९.५०७९ प्रतिशत बोनस शेयर रहनेछ भने ०.५००४ प्रतिशत करको लागि हुनेछ ।
बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया