मौद्रिक नीतिले खस्किएको मनोबल बढाउने छ -सिबिफिन

२०८१ साउन १३ गते

मौद्रिक नीतिले खस्किएको मनोबल बढाउने छ -सिबिफिन

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले नेपाल राष्ट्र बैंकले आ.व. २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको माग बमोजिम सन्तुलित रहेको जनाएको छ । सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै आएको मौद्रिक नीतिबाट हुन सक्ने र गर्न सकिने नीति अबलम्वन गरिनु र अपक्षाकृत रुपमा सहजीकरणको प्रयास गरिनुले आमरुपमा आशा,भरोसा र विश्वास जगाएको जनाएको छ ।

'बैंक तथा वित्तिय संस्थाको पूँजीकोषमा भएको दबाव सम्बोधन गर्न क्यापिटल एडवेक्वेसी फ्रेमवोर्कमा पुनरावलोकन, असल कर्जाको नोक्सानी व्यवस्थामा कमी, रेगुलेटोरी रिजर्भमा रहेका केही रिजर्भलाई टायर टु क्यापिटलमा गणना गर्न सकिने प्रावधान र पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिका सकारात्मक र सह्रानीय कदमहरु रहेका छन ।' विज्ञप्तिमा भनिएको छ ।

Advertisement:

Ad
Ad

त्यस्तै परिसंघले नीतिगतदर घटाइनु, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा वृद्धि गरिनु, निर्माण व्यवसायीलाई विशेष प्राथमिकता सहितको राहत दिनु, संस्थागत शेयर धितो कर्जाको सीमा हटाइनु, कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जालाई सहज बनाउने नीति अवलम्बन गरिनु,चालू पँुजी कर्जासम्बन्धी मार्ग निर्देशनमा भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थामा समयावधि थप गरिनु, लघु,घरेलु, साना एवं मझौला उद्यमका लागि तोकिएको सीमालाई पुनरावलोकन गर्ने व्यवस्था गरिनुले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन महत्वपूर्ण सहयोग पुग्नेमा अ।शावादी रहेको जनाएको छ ।