मौद्रिक नीतिको पहिलो समिक्षामा भएको नीतिगत हेरफेर केन्द्रिय बैंकले कार्यान्वयनमा ल्यायो

२०८२ मंसिर १६ गते

मौद्रिक नीतिको पहिलो समिक्षामा भएको नीतिगत हेरफेर केन्द्रिय बैंकले कार्यान्वयनमा ल्यायो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा गरेको घोषणा आजबाट कार्यान्वयनमा ल्याएको छ । केन्द्रिय बैंकले एक सर्कुलर जारी गर्दै मौद्रिक नीति समिक्षाले गरेको नीतिगत परिवर्तन अनुसार कार्यान्वयन गर्न गराउँन बैंक तथा वित्तिय संस्थलाई भनेको छ ।

सोमबार चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गर्दै नीतिगत दरहरुमा हेरफेर गर्ने घोषणा गरेको थियो । बैंकदर ६ प्रतिशतबाट ५.७५ प्रतिशत बनाएको छ भने स्थायि तरलता सुविधा दर पनि ६ प्रतिशतबाट ५.७५ प्रतिशत र नीतिगत दर ४.५ प्रतिशतबाट ४.२५ प्रतिशतमा झारिएको छ । 

Advertisement:

Ad
Ad


हालैको बाढी/पहिरोबाट प्रभावित इलाम लगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम÷व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुलउपर गरी  कर्जाको एकपटकका लागि पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ । 

यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८२ चैत मसान्तभित्र गरिसक्नु पर्नेछ । यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तिमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । 

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट निश्चित प्रयोजन नखुलेका कुल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रतिव्यक्ति १ करोडसम्ममात्र प्रवाह गर्न सकिनेछ । कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । उदाहरणको लागि कुनै एक व्यक्तिले कुनै एक बैंक वा वित्तीय संस्थाबाट  ५० लाख रुपैयाँ व्यक्तिगत अधिविकर्ष कर्जा लिएमा सोही वा अन्य कुनै बैंक वा वित्तीय संस्थाबाट थप  ५० लाखसम्म  व्यक्तिगत अधिविकर्ष कर्जा लिन पाइने छ ।