मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन,एनआईसी एशिया क्यापिटलका रायमाझी अध्यक्षमा निर्वाचित

२०८१ असोज १४ गते

मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन,एनआईसी एशिया क्यापिटलका रायमाझी अध्यक्षमा निर्वाचित

मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ । जस अन्तर्गत एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिृकत निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिृकत शिवनाथ बहादुर पाँडे निर्वाचित भएका छन् ।

Advertisement:

Ad
Ad

संघका सदस्यहरुमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिृकत सन्दीप कार्की, नेपाल एसबीआई क्यापिटलका प्रमुख कार्यकारी अधिृकत लेखनाथ पोखरेल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिृकत पुष्प शर्मा चयन भएका छन् ।