मनकामना स्मार्ट र समता घरेलु लघुवित्तको एकिकृत कारोबार आजबाट सुरु

२०८१ असार २४ गते

मनकामना स्मार्ट र समता घरेलु लघुवित्तको एकिकृत कारोबार आजबाट सुरु

काठमाडौँ । समता घरेलु र मनाकामना स्मार्ट लघुवित्तको एकिकृत कारोबार आजबाट सुरु हुने भएको छ। दुई लघुवित्त गाभिए पश्चात आज असार २४ गतेबाट समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो।

काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते अन्तिम स्वीकृति दिइएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–७ मा रहनेछ ।

Advertisement:

Ad
Ad

साथै डाटा माइग्रेसनका लागि असार २३ गतेदेखि दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द गरेका थिए ।