महिला कर्मचारी दुर्व्यवहारको आरोपमा बर्खास्त भएका आचार्यलाई प्रशासकीय अदालतले दियो सफाइ, राष्ट्र बैंकले चाहे फेरी कारबाही गर्न सक्ने

२०८१ कात्तिक २८ गते

महिला कर्मचारी दुर्व्यवहारको आरोपमा बर्खास्त भएका आचार्यलाई प्रशासकीय अदालतले दियो सफाइ, राष्ट्र बैंकले चाहे फेरी कारबाही गर्न सक्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकका उच्च पदस्थ महिला कर्मचारीलाई महिला हिंसाजन्य दुर्व्यवहार गरेको अभियोगमा बर्खास्तीमा परेका निर्देशक थानेश्वर आचार्यले प्रशासकीय अदालतबाट सफाइ पाएका छन् । राष्ट्र बैंकको बर्खास्तको निर्णय विरुद्ध आचार्यले गत असार २ गते प्रशासकीय अदालतमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा प्रशासकीय अदालतले छानबिन गर्दा शर्तसहित अहिलेलाई बर्खास्ती बदर गरेको छ । अदालतका सुचना अधिकारी अरुण कुमार कोइरालाका अनुसार आचार्यले कार्यविधि त्रुटिका कारण सफाइ पाएका हुन् । तर राष्ट्र बैंकले फेरी चाहेमा कारबाही गर्न सक्ने गरी सफाइ दिइएको कोइरालाले बताए ।

उनले भने, ‘राष्ट्र बैंकको कार्यविधिमा बर्खास्त गर्न राष्ट्र बैंकका उच्च अधिकारीलाई स्वतन्त्र छोडिदिएको छ । यसकारण हामीले यताबाट सफाइ दिएपनि राष्ट्र बैंकले चाहे फेरी कारबाही गर्न सक्ने शर्तसहित सफइ दिइएको हो ।’  गत पुस २७ गते नेपाल राष्ट्र बैंकले नगरकोटमा गरेका एउटा कार्यक्रममा राराष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यले राष्ट्र बैंककै एक महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

Advertisement:

Ad
Ad