महालक्ष्मी विकास बैंकले पायो आइएसओ प्रमाणपत्र

२०८१ भदौ ०८ गते

महालक्ष्मी विकास बैंकले पायो आइएसओ प्रमाणपत्र

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आइएसओ ९००१-२०१५ प्रमाणपत्र पाएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गरेसँगै गत ३२ साउनदेखि लागूहुने गरी प्रमाणपत्र पाएको सो बैंकले जनाएको छ । बैंकका अनुसार प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिज अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक पहिलो बनेको छ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्नुका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले यस्तो प्रमाणपत्र प्राप्त गर्छन्। यस प्रमाण पत्र प्राप्तिको लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट अमेरिकाको रोयल इम्प्याक्ट सर्टिफिकेसन लिमिटेडमार्फत गरिएको सो बैंकले जानकारी दिएको छ ।

Advertisement:

Ad
Ad