माछापुच्छ्रे क्यापिटलको ७८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

२०८१ कात्तिक ०९ गते

माछापुच्छ्रे क्यापिटलको ७८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक शेयर कात्तिक ९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले आशिष श्रेष्ठको नाममा रहेको २० हजार ४३६ कित्ता, साकार लाल श्रेष्ठको नाममा रहेको २८ हजार ९३ कित्ता र पंकज चन्द्र श्रेष्ठको नाममा रहेको २९ हजार ९६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बागदरबार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad