२०८१ वैशाख १८ गते
काठमाडौँ । माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आइपीओ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स बन्न पुगेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु,२२,५०,००,००० रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य १०० दरमा आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आइपीओ निष्काशनको जिम्मा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई दिएको छ । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई यस क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स मिति २०७९/१२/२८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी मिति २०८०/०२/०८ मा नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र समेत प्राप्त कम्पनी हो ।
कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७०प्रतिशत रहेको छ र सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३०प्रतिशत रहनेछ ।
उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ ।
प्रतिक्रिया