कुमारी बैंकको २८ हजार ६६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

२०८१ मंसिर २१ गते

कुमारी बैंकको २८ हजार ६६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएपछि २८ हजार ६६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

बैंकले यस अघि यी शेयर विद्यमान संस्थापकहरुले मात्र खरदि गर्न पाउने गरी निष्काशन गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको यी शेयरमा आगामी ३५ दिनभित्र योग्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन पाउनेछन् ।

Advertisement:

Ad
Ad

तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।