२०८१ पुस ०४ गते
काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमा ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ।
यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया