कोरोना बीमाको भुक्तानी नपाएपछि सरकार विरुद्ध बीमक संघद्वारा मुद्दा दायर

२०८१ भदौ २४ गते

कोरोना बीमाको भुक्तानी नपाएपछि सरकार विरुद्ध बीमक संघद्वारा मुद्दा दायर

काठमाडौं । सरकारले कोरोना बीमाको दायित्वबाट पन्छिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकार विरुद्ध (नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार काठमाडौं समेत) मुद्दा दायर गरेको हो । सरकारले पूर्व प्रतिवद्धता अनुसार कोरोना बीमाको भुक्तानी नदिएको बीमक संघको गुनासो छ ।

Advertisement:

Ad
Ad

सोही रकम माग गर्दै आइतबार सर्वोच्चमा उनीहरुले मुद्दा दायर गरेका हुन् । हाल कोरोना बीमाको ११ अर्ब बढी रकम भुक्तानी हुन बाँकी छ ।

बीमक संघका महासचिव अशोक कुमार कुमार खड्काले परमादेशसहित दर्ता गराएका रिट निवेदनको पेसी भदौ २४ गतेलाई तोकिएको छ। कोरोना कालमा सरकारले साढे ३ अर्ब बढीको दायित्व सृजना भएको खण्डमा आफूले व्यहोर्नेले जनाएको थियो ।

तर, सोही प्रतिवद्धता अनुसार भुक्तानी नपाएपछि मुद्दा दर्ता गराएका हुन् । सरकारले कोरोना बीमाको भुक्तानी नदिँदा समग्र बीमा क्षेत्र नै प्रभावित भएको बीमक संघले जनाएको छ।