को बन्ला बीमा प्राधिकरणको कार्यकारी निर्देशक,कसले मार्ला बाजी ?

२०८१ जेठ २० गते

को बन्ला बीमा प्राधिकरणको कार्यकारी निर्देशक,कसले मार्ला बाजी ?

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशक(ईडी)को बन्ला ? भन्ने चासो र कौतुहल अहिले बढेको छ । केही दिन अघि कार्यकारी निर्देशक राजुमरण पौडेल उमेर हदका कारण निबृत्त भएपछि हाल उक्त पद रिक्त रहेको छ ।

यतिखेर बीमा समिति भित्रकै केही कर्मचारीहरु सम्भावित कार्यकारी निर्देशकको आकांक्षीका रुपमा देखा परेका छन् । जसलाई अनुमोदन गर्ने कार्यकारी अधिकार अध्यक्ष सूर्यप्रसाद सिलवालसँग रहेको छ । कार्यकारी निर्देशकलागि सम्भावित उमेद्धारमा तीन जना देखिएका छन् ।

Advertisement:

Ad
Ad

निर्देशक कमलराज रेग्मी, निर्देशक पुजन ढुंगेल अधिकारी तथा निर्देशक सुशिलदेव सुवेदी गरी तीन जना संभावित कार्यकारी निर्देशक पदका उमेद्धारहरु हुन् । कार्यकारी निर्देशकका प्रवल दाबेदार मध्येका एक हुन् कमलराज रेग्मी जो विगत एक दशकदेखि बीमा प्राधिकरणमा निर्देशकका रुपमा काम गरिरहेका छन् । जेष्ठता, कार्यसम्पादन र अनुभवको आधारमा पनि उनी एक दाबेदार ठानिन्छन् ।

त्यस्तै कार्यकारी निर्देशकको लागि बलियो अर्को दाबेदारको रुपमा रहेकी छिन् निर्देशक पुजन ढुंगेल महिला कर्मचारी हुनुका साथै सुशिल र संयम भएर काम गर्ने क्षमता राख्ने उनलाई पनि कार्यकारी निदैशकको दाबेदारका रुपमा हेरिएको छ । त्यसैगरी निर्देशक सुशिलदेव सुवेदी पनि सम्भावित कार्यकारी निर्देशकका रुपमा मान्न सकिन्छ । बीमा प्राधिकरणको प्रवक्ता एवं इन्स्योरेन्स इन्टिच्युटका वर्तमान प्रमुख कार्यकारी समेत रहेका सुवेदी को पनि सम्भावना देखिएको छ ।