२०८२ असोज ३० गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले काठमाडौ बाहिर काम गर्ने आफ्ना कर्मचारी आउँदा राख्नको लागि होटल खोजेको छ ।
नेपाल राष्ट्र बैंकका कर्मचारीहरु काठमाडौँ आउँदा बास बस्न आवश्यक अतिथि गृहको लागि होटलसँग आवश्यकता अनूसारको सेवा खरिद गर्न नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ (संशोधन समेत) को विनियम ९१ बमोजिम अतिथिगृह सेवा करारमा लिनूपर्ने भएकोले इच्छुक होटल/अतिथि गृह/गेष्ट हाउसहरुबाट सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ ।
इच्छुक होटलले १५ दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ । प्रस्ताव पेश गर्न फाराम दस्तूर बापतको रकम एक हजार रुपैयाँ नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग, थापाथलीस्थित अन्य विविध आय हिसाव खाता नं.1100000/030/012/524 मा नगद जम्मा गरी कात्तिक २३ गते कार्यालय समयसम्म फाराम खरिद गर्न
सकिनेछ ।
होटल बालुवाटार र थापाथलीस्थित कार्यालय आसपास, महाराजगञ्ज, धूम्बराही, चाबहिल, गौशाला, एअरपोर्ट सिनामंगलसम्म चक्रपथको ५०० मिटर भित्रको क्षेत्रमा रहेको हुनुपर्नेछ ।
प्रतिक्रिया