कर्पोरेट डेभलपमेण्ट बैंकले सच्यायो बुक क्लोजको मिति

२०८१ जेठ ३२ गते

कर्पोरेट डेभलपमेण्ट बैंकले सच्यायो बुक क्लोजको मिति

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा प्रयोजनका लागि यस अघि तय गरेको मितिलाई सच्याएको छ । कम्पनीले असार १९ गते सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि तय गरिएको बुक क्लोजको मिति असार १० गते हुनुपर्नेमा अन्यथा भएकाले कम्पनीले सच्याएर सूचना जारी गरेको हो । बुक क्लोजको आधारमा असार ९ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

सभा केन्द्रिय कार्यालय वीरगञ्ज, पर्सामा विहान ७ः१५ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गुर्नका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । गत वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो ।

Advertisement:

Ad
Ad