२०८२ असोज २८ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले यसपटक तिहारलाई मात्र लक्षित गरेर सुन तथा चाँदीको असर्फी वित्तरणको सुचना सार्वजनिक सुचना गरेको छैन ।
विगतका वर्षहरुमा सधै तिहार लक्षित सुन तथा चाँदीको असर्फी र मेडालियन बिक्रि खुला गरेको सुचना निकाल्ने केन्द्रिय बैंक यसपटक किन मौन भनेर बाणिज्यपोष्टले प्रवक्ता किरण पण्डितलाई प्रश्न गरेको छ ।
पण्डितले यसपटक सुनचाँदीको असर्फी बिक्रिका लागि कुनै सार्वजनिक सुचना जारी नगरेको स्विकारेका छन् । उनले भने, 'अहिले हामीसँग सुनको असर्फी छैन । चाँदीको मेडालिन छ । चाँदीको मेडालियन बर्षभरि नै बाडिरहेका छौ । गत वर्ष पनि स्टक रहेको सुनको असर्फी एकदिन बाडेका हौ त्यसपछि नयाँ असर्फी बनाएको छैन ।'
सुनको मौज्दात र पुराना नीति निर्देशिकाका कारण असर्फी नबनाइएको पण्डितले बताए । राष्ट्र बैंकको टक्सार महाशाखाले अहिले लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिरहेको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ ।
खरिद गर्न नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र भने लानुपर्नेछ ।
प्रतिक्रिया