२०८१ वैशाख २३ गते
काठमाडौं । कामना सेवा विकास बैंकले ७३ हजार ८४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कपनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले वैशाख २३ गतेदेखि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।आवेदन कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा पेश गर्नुपर्नेछ । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीद नगरेमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया