२०८२ भदौ २२ गते
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई १५.७८५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ५.७९५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकको आईतबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफा तथा विगतको सञ्चित नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीलाई वितरण हुनेछ । यससँगै कामना सेवा विकास बैंक विकास बैंकमध्ये लाभांश घोषणा गर्ने पहिलो बैंक समेत बनेको छ ।
प्रतिक्रिया