२०८२ साउन ०२ गते
काठमाडौँ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१.८२ को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार अनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद नाफा ९.१९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ५८ करोड १८ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेर २ अर्ब २४ करोड ४४ लाख पुगेको छ। बैंकको संचालन आम्दानी पनि ४.१९ प्रतिशतले बढेर २ अर्ब ६३ करोड २६ लाख पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य आम्दानी ४७.७१ प्रतिशतले बढेर ६० करोड ७४ लाख पुगेको छ। यसले बैंकको लाभांश क्षमता १७.३० प्रतिशत रहेको देखाउछ ।
३ अर्ब ५१ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भ २ अर्ब ३९ करोड रहेको छ। यस अवधि बैंकले ६२ अर्ब ८३ लाख निक्षेप संकलन गरेको छ भने ४९ अर्ब ९६ लाख कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १७.७३ रुपैयाँबाट बढेर १८.१० रुपैयाँ पुगेको छ। बैंकको प्रति शेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ।
प्रतिक्रिया