२०८१ मंसिर २६ गते
काठमाडौँ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तको मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ९.५० प्रतिशत बोनस शेयर रहने छ भने ०.५० प्रतिशत कर प्रयोजनार्थको निम्ति नगद लाभांश रहने छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया