जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको राहतै-राहत, के-के छन् छुट सुविधा ?

२०८२ असोज १० गते

जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको राहतै-राहत, के-के छन् छुट सुविधा ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित उद्योग व्यवसायका लागि राहतै राहतको घोषणा गरेको छ ।

जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्षरुपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी २०८२ पुस मसान्तभित्र पुर्नतालिकीकरण तथा पुर्नसंरचना गर्नुपर्ने समय दिएको छ ।

Advertisement:

Ad
Ad

यस्तै म पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्र्नेव्यवस्था गरिएको छ । रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण पछिल्लो दिनमा देखिएको अवरोधबाट प्रभावित कर्जालाई पनि पुस मसान्तसम्मको पुर्नतालिकीकरणको लागि समय दिइएको छ ।


 जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग÷व्यवसाय पुनस्र्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने समयसम्मका लागि इजाजतपत्रप्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा ०.५ (शून्य दशमलब पाँच) प्रतिशत विन्दु प्रिमियममात्र थप गरी कर्जाको ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ । यसरी प्रवाह भएको कर्जाको स्वपुँजी अनुपात  ८०ः२० भन्दा बढी भएमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई १ वर्ष छुट दिइएको छ ।

तर, जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात  ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरेको छ ।