२०८१ असार १९ गते
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४८ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधित्रि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्प्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाईने जानकारी समेत कम्पनीले दिएको छ ।
प्रतिक्रिया