२०८२ साउन ११ गते
काठमाडौ । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको नाफा १०४ प्रतिशतले बढेको छ । लघुवित्तले गत आर्थिक वर्षको (२०८१/०८२) चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेखय सुधार भएको देखाएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.७१ प्रतिशत बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशत र अन्य सञ्चालन आम्दानी ४९.६७ प्रतिशत बढेको छ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७०.७७ प्रतिशत बढेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ६४ पैसा बढेर १८ रुपैयाँ ८५ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा रहेको छ।४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड १८ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया