हितग्राही खाता वार्षिक सञ्चालन शुल्क बुझाउन नेपाल एसबिआई बैंकले गर्यो आग्रह

२०८१ जेठ २२ गते

हितग्राही खाता वार्षिक सञ्चालन शुल्क बुझाउन नेपाल एसबिआई बैंकले गर्यो आग्रह

काठमाडौं । चालू आर्थिक वर्ष सकिन लाग्दा हितग्राही खाता (डिम्याट एकाउन्ट) सेवा प्रदान गर्ने कम्पनीहरूले वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गर्दै आएका छन् । सोही क्रममा मंगलवार नेपाल एसबिआई बैंक लिमिटेडले सूचना जारी गर्दै आगामी असार मसान्तभित्र हितग्राही खाता सञ्चालन वापत्को वार्षिक १०० रूपैयाँ शुल्क बुझाउन सम्बन्धित सेवाग्राहीलाई आग्रह गरेको हो ।

तोकिएको अवधिभित्र शुल्क नबुझाए हितग्राही खाता रोक्का हुने भएकाले आफ्नो खाता सुचारु राख्नका लागि समयमै शुल्क बुझाउन बैंकले भनेको हो । साथै मेरो शेयर को सेवा लिएका सदस्यहरूले पनि सेवा लिएको एक वर्ष पुराभएपछि वार्षिक ५० रूपैयाँ लाग्ने शुल्क समेत बुझाउन बैंकले भनेको छ । प्रविधिमैत्री धितोपत्र बजारको कारोबारलाई सहजता प्रदान गर्दै आएको मेरो शेयरको सेवालाई सुचारु राख्न बैंकले वार्षिक रुपमा नविकरण गर्न भनेको हो ।

Advertisement:

Ad
Ad

नेपाल एसबिआई बंक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाट हितग्राही खाता र मेरो शेयर सेवा लिएका सेवाग्राहीहरूका लागि बैंकले वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।