हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

२०८१ असार १३ गते

हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । असार १३ गतेदेखि कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह पदमुक्त भएकाले अर्को व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाइ निमिक्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।

असार १३ गतेदेखिनै लागू हुने गरी कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी पाएको हो ।

Advertisement:

Ad
Ad