२०८१ जेठ ३० गते
काठमाडौं । हिमालयन बैंक लिमिटेडले ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्दिू्रय कार्यालय कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री प्रक्रिया अघि बढाईने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया