२०८२ साउन १३ गते
काठमाडौ । हिमालयन बैंकको एफपिओ बाँडफाँट भएको छ। मंगलबार बैंकको एफपिओ गोलाप्रथामार्फत बाँडफाँट भएको हो। उक्त एफफिओ ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले पाएका छन्। बाँकी भएको ९ कित्ता सेयर सोही लगानीकर्तामध्ये २० कित्ताका लागि आवेदन दिनेहरूमा बाँडफाँट गरिएको छ। ९ जनाले थप एक कित्ता अर्थात् ११ कित्ताका दरले सेयर पाएका छन्।
एफपिओमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन परेको थियो। यसमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म कुल उक्त एफपिओ बिक्री गरेको थियो। बैंकले सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा ५७ रूपैयाँ थप गरी जम्मा १५७ रूपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ जारी गरेको हो।
हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रूपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टमार्फत एफपिओको नतिजा हेर्न सक्नेछन्।
प्रतिक्रिया