२०८१ जेठ ०४ गते
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै नेपाल विद्यार्थी संघले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि विरोध प्रदर्शन गरेको छ।

सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीको अविलम्ब राजीनामा माग गर्दै नेपाली कांग्रेसनिकट विद्यार्थीहरुले संसद् भवनको १ नम्बर गेटअगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ महिला र ९ पुरुष छन्। कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ।
प्रतिक्रिया