ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र राज रेग्मी नियुक्त

२०८१ साउन १० गते

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र राज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र राज रेग्मीलाई नियुक्त गरेको छ ।

साउन १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्यरत बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई भदौ १ देखि लागू हुने गरेर सीईओमा नियुक्त गरेको हो ।

Advertisement:

Ad
Ad

बैंकमा अहिले कार्यरत प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तबाट सकिने भएपछि सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको सोही बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंकी भागिरथी भट्टराई ज्ञवालीलाई पनि नियुक्त गरेको छ ।