२०८२ असार ३० गते
काठमाडौं । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको अवस्था नै आशंका नै आशंकामा रहेकाले छानबिन गरेर मात्र बोल्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठक बाहिर पत्रकारहरुसँग बोल्दै उनले कसको पालामा के भयो भनेर मजाले अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुने बताए ।मन्त्रीहरु घुसकान्डमा मुछिएको घटना बाहिर आएपछि संचारकर्मीहरुले सोधेको प्रश्नमा उनले हल्लाका भरमा नबोल्ने बताए । उनले विधिमा रहेर जनताको सेवा गर्ने बताए ।
आशंका र हल्लाका भरमा बाहिर बोल्न नमिल्ने बताएका मन्त्री अधिकारीले सत्यतत्य केही दिनमा बाहिर आउने जिकिर गरे । संसद बाहिर सांसदहरु गणेश पराजुली, हरि ढकाल, लेखनाथ दाहाल, मनिष झा, महेश वर्तौलालगायतले संचारकर्मीहरुसँग आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया