२०८० चैत ३० गते
काठमाडौं ।वाणिज्य बैंकहरुले २०८१ साल अर्थात एक गतेदेखि लागू हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् ।२० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा वाणिज्य बैंकहरुले चैत्रको तुलनामा बैंशाखमा निक्षेपको ब्याजदर घटाएका छन् । दुई वटाले बढाएका छन् भने पाँच वटाले चैत्र महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
वैशाख महिनादेखि लागू हुने गरी वाणिज्य बैंकहूरुले व्यक्तिगत मुद्दती निक्षेपमा औसत ० दशमलव १९ प्रतिशतले ब्याजदर घटाएर सूचना प्रकाशित गरेका छन् । वाणिज्य बैंकहरुको व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि औसतमा ७ दशमलव ०६ प्रतिशत कायम हुने उक्त औसत ब्याजदर चैतमा ७ दशमलव २५ प्रतिशत रहेको छ । बैशाख महिनाका लागि ब्याजदर बढाउनेमा एभरेष्ट र एनएमबी बैंक रहेका छन् । त्यस्तै कृषि विकास बैंक,स्टाण्डर्ड चार्टर्ड बैंक,नबिल बैंक, हिमालयन बैंक र इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर चैत्र महिनाकै लाई निरन्तरता दिएका छन् ।बाँकी १३ वटा बैंकहरुले चैतको तुलनामा बैंशाखको ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।
कसको कति ?

प्रतिक्रिया