घरजग्गामा राष्ट्र बैंकको लचिलो नीति : कर्जाको अधिकतम सीमा बढाएर ३ करोड, मूल्यांकन ७० प्रतिशत कायम

२०८२ असार २७ गते

घरजग्गामा राष्ट्र बैंकको लचिलो नीति : कर्जाको अधिकतम सीमा बढाएर ३ करोड, मूल्यांकन ७० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति मार्फत घरजग्गामा लचिलो नीति लिएको छ ।

 

Advertisement:

Ad
Ad

घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको सार्वजनिक नीतिमा भनिएको छ  । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।

 

त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।

 

नयाँ  नियम अनुसार ३ करोडसम्मको सीमा भित्र रहेर पहिलो पटक घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशत हुने र अन्यको हकमा ७० प्रतिशत कर्जा मूल्य हुनेछ ।