२०८१ वैशाख २४ गते
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९ लाख ५२ हजार कित्ता संस्थापक शेयर विक्रीमा विक्रीमा ल्याएको छ । कम्पनीले उल्लेखित कित्ता शेयरमध्ये ४ लाख २६ हजार ९९० दशमलव ३० कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र ५ लाख २५ हजार ९१० दशमलव २१ कित्ता सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको कम्पनीको शेयर भने यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विक्री हुन नसकेपनि दोस्रो चरणमा सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । सर्वसाधारणमा विक्रीमा आएको शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन पेश गर्नपर्नेछ भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया