गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

२०८१ असार ११ गते

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा  नैना नेपाल ढकाललाई नियुक्त गरेको छ । त्यस्तै कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाललाई सञ्चालकको रुपमा नियुक्त गरएको छ ।

हेरफेरपछि सञ्चालक समिति अध्यक्षमा दिपक पाण्डेय रहनेछन् भने अन्य सञ्चालकमा अनिल रेग्मी,संजू प्रसाद जैसवाल रहनेछन् भने स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले र नैना नेपाल ढकाल रहनेछन् ।

Advertisement:

Ad
Ad