गरिमा विकास बैंक इर्मजिङ एसिया बैंकिङ कनक्लेभ अवार्डबाट सम्मानित

२०८२ भदौ १५ गते

गरिमा विकास बैंक इर्मजिङ एसिया बैंकिङ कनक्लेभ अवार्डबाट सम्मानित

काठमाडौ । गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ ।

अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक बेस्ट बैंक र बेस्ट एआइएमएल इम्पिमेन्टेसन विधामा उत्कृष्ट भएको हो । यस्तै बेस्ट एमएसएमइ एसेरेलेसन विधामा पनि रनअपको अवार्ड प्राप्त गरेको हो । यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । 

Advertisement:

Ad
Ad


शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरेका थिए । इण्डियन च्याम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस कार्यक्रममा समेत यस विकास बैंकले बेस्ट एसेट म्यानेटमेन्ट बिधामा रनरअपको अवार्ड पाएको थियो । 


यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको छ । हाल गरिमाको देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।