ग्लोबल आइएमइ बैंकको नाफा ६ अर्ब २० करोड, अरु सुचक कस्तो छ ?

२०८२ साउन २८ गते

ग्लोबल आइएमइ बैंकको नाफा ६ अर्ब २० करोड, अरु सुचक कस्तो छ ?

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले थोरै नाफा बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको (२०८०/०८१)  तुलनामा गत आर्थिक वर्ष (२०८१/०८२) १.१० प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

Advertisement:

Ad
Ad


बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी २०.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोडबाट बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । इम्पेरमेन्ट चार्ज बढ्दा  सञ्चालन मुनाफा २.७५ प्रतिशत घटेको हो ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्लोबल आइएमईको जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ।  बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी १६ रुपैयाँ २८ पैसा रहेको छ। बैंकको खराब कर्जा पनि थोरै बढेर ४.८७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा खराब कर्जा ४.१७ प्रतिशत थियो ।