२०८१ मंसिर ०५ गते
काठमाडौ । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकबाट एक वर्षमा ६४ लाख ६२ हजार ७१ रुपैयाँ पारिश्रमिक र विभिन्न सेवा सुविधा वापतको रकम बुझेका हुन् । उनले १६ लाख ३२ हजार रुपैयाँ पारिश्रमीक बुझेका छन् भने बैठकभत्ता मात्र ३ लाख ३० हजार रुपैयाँ लिएका छन । राष्ट्र बैंकका अनुसार गभर्नरले अन्य सेवा सुविधा अन्र्तगत ४४ लाख ९७ हजार ७१ रुपैयाँ बुझेका हुन् ।
गभर्नर अधिकारीले तलब भन्दा बढी अन्य सेवा सुविधा अन्र्तगतको रकम बुझेका हुन् । यता डेपुटी गभर्नर डा. निलम ढुंगानाले गभर्नर अधिकारीको भन्दा बढी सेवा सुविधा अन्र्तगतको रकम बुझेकी छन् । उनले अन्य सेवा सुविधा अन्र्तगत ४५ लाख ५८ हजार ५२६ रुपैयाँ लिएकी हुन् । ढुंगानाले परिश्रमीक रकम भने १४ लाख ६० हजार ४ सय रुपैयाँ लिएकी हुन् । उनले बैठक भत्ता २ लाख ९७ हजार रुपैयाँ लिएकी छिन् ।
यस्तै अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले पनि १४ लाख ६० हजार ४ सय रुपैयाँ पारिश्रमीक लिएका छन भने ३ लाख १५ हजार बैठक भत्ता लिएका छन् । उनले अन्य सेवा सुविधा अन्र्तगत ४० लाख ७० हजार ६ सय ३७ रुपैयाँ बुझेका छन् । गभर्नर अधिकारी केन्द्रिय बैंकको सञ्चालक समितिको अध्यक्ष हुने प्रावधान छ भने डेपुटी गभर्नर व्दय सदस्य रहने प्रावधान छ ।
प्रतिक्रिया