गभर्नरले पाएनन भाडाको घर, अहिले कहाँ बसिरहेका छन् ?

२०८२ असोज २८ गते

गभर्नरले पाएनन भाडाको घर, अहिले कहाँ बसिरहेका छन् ?

काठमाडौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गभर्नर डा. विश्व पौडेलको घर आगजनी भएपछि बस्न नमिल्ने अवस्थामा रहेको छ ।

गभर्नर  बसिरहेको घर नै खरानी बनेपछि नेपाल राष्ट्र बैंकले गभर्नरका लागि भाडाको घर लिन सुचना मार्फत प्रस्ताव मागेको थियो । असोज १२ गते घरभाडामा लिनका लागि प्रस्ताव माग गरिएपनि कसैले भाडामा दिन इच्छुक नदेखाएपछि राष्ट्र बैंकले फेरी म्याद थप गरेर सुचना प्रकाशन गरेको छ । केन्द्रिय बैंकले कात्तिक १६ गतेसम्म घरभाडा सम्बन्धी प्रस्ताव पेश गर्न भनेको छ । 

Advertisement:

Ad
Ad


निकट पारिवारिक स्रोतका अनुसार गभर्नर पौडेल अहिले राष्ट्र बैंकको थापाथली स्थित क्वाटरमा बसिरहेका छन् ।