गभर्नर विश्वनाथको हस्ताक्षरमा ५० रुपैयाँ दरको ४२ करोड थान नयाँ नोट छाप्न राष्ट्र बैंकद्धारा टेण्डर आव्हान

२०८२ साउन ०९ गते

गभर्नर विश्वनाथको हस्ताक्षरमा ५० रुपैयाँ दरको ४२ करोड थान नयाँ नोट छाप्न राष्ट्र बैंकद्धारा टेण्डर आव्हान

काठमाडौ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२ करोड थान नयाँ नोट छाप्न टेण्डर आव्हान गरेको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक सुचना जारी गर्दै नेपाली  ५० रुपैयाँदरको ४२ करोड थान बैंक नोटको डिजाइन, छपाई, आपूर्ति र डेलिभरी र सम्बन्धित सेवाहरूको  लागि पूर्व योग्यता प्राप्त सुरक्षा मुद्रकहरूका लागि  बोलपत्र आह्वान गरेको छ । गभर्नर डा. पौडेलले  गभर्नर नियुक्ति हुँदा ५० र हजारको नोट छाप्ने पहिलो निर्णय गरेका थिए। 


बोलकबोलको शुल्क एक सय ४६ डलर (२० हजार रूपैयाँ) र बोलकबोलको धितोको रूपमा चार करोड राख्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।  पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका थिए।छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रियामा प्रतिस्पर्धा गर्न सक्नेछन्। 

Advertisement:

Ad
Ad