२०८२ भदौ २६ गते
काठमाडौ । जेन-जीको आन्दोलन पछि असामान्य बनेको परिस्थिती विस्तारै सम्हालिन थालेको छ । नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मा लिएपछि काठमाडौ उपत्यका केही शान्त बनेको छ ।
यसैले बैंकहरुले पनि आफ्ना सिमित शाखा मार्फत सेवा सुचारु गरेका छन् । एनएमबी बैंकले पनि बिहिबार (भदौ २६) बिहान १० देखि २ बजेसम्म उपत्यकाका ७ वटा शाखा मार्फत सेवा दिइरहेको जनाएको छ । काठमाडौको कलंकी, बबरमहल, बुढानिलकण्ठ र भक्तपुरको गठ्ठाघर सुर्यविनायक खुला गरेको छ भने ललितपुरको पुल्चोक र लुभु शाखा मार्फत पनि सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया