२०८२ साउन ३० गते
काठमाडौ । कुनै बेला निकै राम्रो ब्यापार गरेको एनआइशी एशिया बैंक पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ । बैंकले नै सार्वजनिक गरेको गत आर्थिक बर्ष (२०८१/०८२) को वित्तिय विवरण अनुसार बैंकको नाफा ३३७ प्रतिशतले घटेको छ।
यो सँगै उक्त बर्ष बैंकले १६ करोड रुपैयाँ मात्र नाफा कमाएको छ । अन्य बाणिज्य बैंकहरुले अर्बौ अर्ब नाफा कमाएको प्रतिवेदन निकालिरहेका बेला एनआइशी एशियाले भने राम्रो प्रगती गरेको तथ्यांक प्रस्तुत गर्न सकेको छैन् । अघिल्लो आर्थिक वर्ष (२०८०/८१ ) बैंकले ७० करोड रूपैयाँ नाफा कमाएको थियो । त्यो नाफा निरन्तर ओरालो लागेर १६ करोडमा झरेको छ ।
अघिल्लो पटक तीन अर्ब ८० करोड प्रावधान (प्रोभिजन) राखेको बैंकले यस पटक चार अर्ब १४ करोड प्रावधान राखेको छ। बैंकको खुद ब्याज आम्दानी १० अर्ब ७६ करोडबाट घटेर १० अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको वितरण योग्य मुनाफा ५ अर्ब २१ करोड रुपैयाँले ऋणात्मक छ।
बैंकले लाभांश दिन सक्ने देखिँदैन। बैंकले ब्याज नउठेका कारण नियामकीय प्रावधानमा ४६ करोड १६ लाख रूपैयाँ राखेको हो। बैंकको खराब कर्जा ३.४५ प्रतिशतबाट बढेर ६.२८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ०८पैसा र बैंकको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ३० पैसा छ।
प्रतिक्रिया