एनएमबि बैंकले लाभांश वितरण नगर्ने

२०८१ मंसिर २३ गते

एनएमबि बैंकले लाभांश वितरण नगर्ने

काठमाडौँ।  एनएमबि बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यसका साथै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

Advertisement:

Ad
Ad

नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।