एनआईसी एशिया बैंकले विभिन्न जिल्लाको १८८ स्थानका घर तथा जग्गा बिक्री गर्ने

२०८१ वैशाख ३० गते

एनआईसी एशिया बैंकले विभिन्न जिल्लाको १८८ स्थानका घर तथा जग्गा बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले एक सूचना जारी गर्दै देशका विभिन्न जिल्लाको १८८ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने जनाएको छ ।

बैंकले ७ दिन भित्र शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्ने जनाएको छ ।

Advertisement:

Ad
Ad

बैंकले बिक्री गर्ने गैर बैंकिङ सम्पत्ति इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ, संस्थाहरुले ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले विभिन्न जिल्लामा रहेका १८८ स्थानका घर तथा जग्गा बिक्री गर्न लागेको हो ।