एक हप्ता पनि नपुग्दै आईएमई लाइफ इन्स्योरेन्सका सीईओ कवि फुयाँलले दिए राजीनामा

२०८१ भदौ ०९ गते

एक हप्ता पनि नपुग्दै आईएमई लाइफ इन्स्योरेन्सका सीईओ कवि फुयाँलले दिए राजीनामा

काठमाडौं । एक हप्ता पनि नपुग्दै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ कवि फुयाँलले राजीनामा दिएका छन् । गत २ गते आइतबार मात्र कम्पनीको दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्ती लिएका फुयाँलले राजीनामा दिएका हुन् ।

उनले गएको शुक्रबार ७ गते देखि लागु हुनेगरि राजीनामा दिएका हुन् ।अकस्मात दिइएको राजीनामा बारे फुयाँलसँग सोधपुछ गर्दा व्यक्तिगत कारणले स्वैच्छिक राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

Advertisement:

Ad
Ad