२०८२ मंसिर १२ गते
काठमाडौ । एक हजार दरको ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चाइनाको एक कम्पनीले ठेक्का पाएको छ ।
चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङले उक्त ठेक्का पाएको नेपाल राष्ट्र बैंक ले पुष्टि गरेको छ । गत भदौ १० गते केन्द्रिय बैंकले ठेक्काका लागि बोलपत्र आव्हान गरेको थियो ।
सम्झौताअनुसार उक्त कम्पनीले १ करोड ६९ लाख ८५ हजार डलरमा नोट छाप्नेछ।
प्रतिक्रिया