एक बर्षमा १७ खर्ब २३ अर्ब  रेमिट्यान्स भित्रियो

२०८२ भदौ ०८ गते

एक बर्षमा १७ खर्ब २३ अर्ब  रेमिट्यान्स भित्रियो

काठमाडौ । एक बर्षमा १७ खर्ब २३ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वढेर १२ अर्ब ६४ करोड रुपैयाँ  पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९ सय ५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ ।

Advertisement:

Ad
Ad

अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई  ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब  रुपैयाँ पुगेको छ ।