दुर्गम गाउँहरुमा पनि शाखा बिस्तार गर्दै एनआईसी एशिया बैंक

२०८१ वैशाख २७ गते

दुर्गम गाउँहरुमा पनि शाखा बिस्तार गर्दै एनआईसी एशिया बैंक

काठमाडौँ । एनआईसी एसिया बैंकले देशका दुर्गम गाउँहरुमा पनि आफ्नो शाखा विस्तार गरेको छ । राष्ट्रिय वित्तीय समावेशीकरणको उद्देश्यसहित सबै क्षेत्रमा बैंक पुर्याउने लक्ष्य रहेको बैंकले स्पष्ट पारेको छ ।

नाफाभन्दा पनि सीमान्तकृत वर्गका सेवाग्रहीलाई वित्तीय पहुँच पु¥याउने मुख्य उद्देश्यसहित ती ठाउँहरुमा शाखाविस्तार गरेको बैंकको भनाइ छ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सबैभन्दा धेरै शाखा कार्यालय विस्तार गरेर अग्रणी स्थानमा रहेको एनआईसी एसिया बैंक मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानलगायत जिल्लाका दुर्गम गाउँमा पनि विस्तार भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले जानकारी दिए । अन्य बैंक तथा वित्तीय संस्था नभएका करिब ३ दर्जन स्थानीय तहमा पनि शाखा खोलिएको न्यौपानेको भनाइ छ ।

Advertisement:

Ad
Ad

मुलुकको वित्तीय पहुँच, वित्तीय समावेशिता, कर्जा पहुँच, गरिबी निवारण, रोजगारी सृजना, वित्तीय समानता विकास, सामाजिक न्यायजस्ता राष्ट्रिय लक्ष्य प्राप्तिको बाटोमा लैजाने लक्ष्यका साथ बैंकले दीर्घकालीन योजना बनाएको सीईओ न्यौपाने जानकारी दिए। मुलुकको आर्थिक विकासको मेरुदण्डमा सबै वर्गका जनताको सहभागिता आवश्यक रहेको चर्चा गर्दै उनले मुलुकको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने उद्देश्य लिएको उल्लेख गरे ।

बैंकका अनुसार देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास रहेको ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू सञ्चालन भइरहेको छ । बैंकले साना तथा मझौला उद्योग व्यवसाय (एसएमई) गर्नेहरुलाई लक्षित गरेर कर्जा वितरण गरिरहेको छ ।

एसएमई कर्जालाई बढीभन्दा बढी वितरण गर्न बैंकले देशभर सञ्चालनमा रहेका ३६० शाखा कार्यालयबाट यस्तो कर्जा प्राप्त गर्न सकिने जनाएको छ ।

देशको कुल जनसंख्यामध्ये २० देखि ५० वर्ष उमेर समूहसम्मको जनसंख्याको करिब ३३ प्रतिशत जनतालाई सेवादिन बैंक सफल भएको बैंकले जनाएको छ ।